अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

अमेरिकाका पूर्वविदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता किसिन्जरको निधन

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५३ मा प्रकाशित

अमेरिकाका पूर्वविदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ ।किसिन्जरको कनेक्टिकटमा रहेको आफ्नै निवासमा हिजो निधन भएको हो । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री बन्नुभएको थियो ।

भियतनाम युद्धविरामका लागि पहल गरेका कारण उहाँले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो । शताब्दी उमेरसम्म सक्रिय किसिन्जरले गएको जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न अकस्मात बेइजिङको भ्रमण गर्नुभएको थियो। चीन–अमेरिकाबीच शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा उहाँले जोड दिँदै आउनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू