अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले गर्‍यो १० हजार जरिवाना

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:३० मा प्रकाशित

काठमाडौँ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले कमेडियन सिंहलाई १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।अदालतले उनलाई सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुतसमबन्धी र सामाजिक रितिस्थितिमा खललसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

नेवार समुदायमाथि आँच आउने गरी कमेडी प्रस्तुत गरेको भन्दै उनीमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर गरेको, सार्वजनिक शान्ति खलल पारेको, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न गरेको जस्ता अभियोग लगाइएको थियो। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरिएको थियो।

अदालतको फैसलापछि सिंहले कमेडी गरेकै भरमा दोषी ठहर गरेर गलत नजिर बसेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’नेपालमा फ्रिडम अफ स्पीच सकिएकै रहेछ, देश र सरकार त त्यस्तै हो, अलिकति न्यायपालिकासँग आश थियो, त्यो पनि मरेर गयो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू