अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

अंग्रेजी नयाँ वर्षमा पोखरा लेकसाइडमा सडक महोत्सव आयोजना गरिँदै

बिआरटीनेपाल २०८० मंसिर १० गते ६:१० मा प्रकाशित

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा सडक महोत्सव आयोजना गर्ने भएको छ। ुसडकमै खाउँ, सडकमै रमाउँु भन्ने नाराका साथ आउँदो पुस १२ देखि १६ गतेसम्म सडक महोत्सव आयोजना गर्न लागेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पोखरा लेकसाइडको ३ किलोमिटर सडक बन्द गरेर महोत्सव आयोजना गरिने भएको हो। महोत्सव अवधिभर लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवरसम्म यातायात बन्द गरिने छ।

‘सडक महोत्सवमा सडकमै खाना र सांस्कृतिक प्रदर्शनी हुनेछ,’ उहाँले भन्नुभयो, ‘अंग्रेजी नयाँ वर्ष मनाउने उपयुक्त गन्तव्य पोखरा हुन सक्छ भनेर महोत्सव आयोजना गरेका हौं।’ महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै मौलिक भेषभूषासहित झाँँकी प्रदर्शन, खाना प्रदर्शन, लोक दोहोरी गीत प्रतियोगिता, भलिबल प्रतियोगिता, रात्रीकालीन कन्सर्ट, हस्तकला, चित्रकला लगायत प्रदर्शनी राखिने उहाँले बताउनुभयो ।

‘लो सिजन’ मा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले २५ वर्षअघि लेकसाइडमा फुड फेष्टिभल आयोजना गरिएको थियो। त्यसैको परिमार्जित स्वरूप अहिले सडक महोत्सव भएको रेवानका पूर्व अध्यक्ष सुर्य भुजेल बताउनुहुन्छ । महोत्सवमा सहभागी हुन स्वदेशी तथा विदेशी गरी ५ लाख बढी पर्यटक पोखरा आउने अनुमान गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार सबै मौसममा पोखरा र आसपासका गन्तव्य घुम्नका लागि उपयुक्त भएको सन्देश महोत्सवले दिएको छ। त्यस्तै महोत्सव सफल पार्न पर्यटन सम्बद्ध सबै संघ-संस्थालाई एक जुट भएर लाग्न समेत उहाँलेआग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू