अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

अमेरिकामा कानुनी मान्यतासहित पहिलो पटक ‘दसैं डे’

बिआरटीनेपाल २०८० असोज २० गते ६:२० मा प्रकाशित

नेपाली हिन्दुहरूको चाड दसैंलाई पहिलो पटक अमेरिकामा मान्यता मिलेको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा पहिलो पटक कानुनी रुपमै ‘दसैं डे’ को घोषणा गरिएको हो । मेरिल्यान्डको तल्लो र माथिल्ला दुवै सदनले ‘दसैं डे’ कानुनलाई पारित गरेपछि नेपालीहरुको चाडलाई मनाउनको लागि मेरिल्यान्डका गभर्नर वेज मूरले अक्टोबर ५ मा एउटा ‘प्रोक्लेमेसन’ जारी गर्दै ‘दसैं डे’ घोषणा गर्नुभएको हो । मे ४ मा विधयेकमा हस्ताक्षर गरिएपछि राज्यको कानुनमा दसैंलाई मान्यता दिइएको हो । अब मेरिल्यान्डमा दसैं विधयेकबारे विभिन्न शिक्षण संस्थाहरुमा समेत पढाइ हुन्छ ।

अमेरिकामा यसरी कानुनी रुपमै ‘दसैं डे’ घोषणा हुने मेरिल्यान्ड पहिलो र एकमात्र राज्य बनेको छ । राज्यले नै ‘दसैं डे’ घोषणा गरेपछि नेपालीहरु बाल्टिमोरमा धुमधामका साथ मनाएका छन् । नेपाली मुलका मेरिल्यान्डका सांसद ह्यारी भण्डारीले उक्त ‘दसैं डे’ विधेयकलाई सदनमा दर्ता गराएर दुवै सदनबाट अनुमोदन गर्ने कार्यमा सक्रिय भूमिका खृल्नुभएको हो । राज्यबाटै ‘दसैं डे’ घोषणा गरेपछि त्यहाँ रहेका नेपालीहरुले अमेरिका–नेपाल सांस्कृतिक केन्द्रमा गएर कार्यक्रम समेत गरेका छन् । उक्त कार्यक्रममा राज्यमा बस्दै आएका नेपालीहरु, वासिङ्टन डिटीस्थित नेपाली दूतावासबाट गएका प्रतिनिधि तथा सांसद भण्डारी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया