अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९
| Colorodo: 11:54
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
बुधबार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो । उहाँले तल्लो इकाइसम्म आफ्नो भुमिका र संगठन विस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताउनुभयो ।
नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भएको पनि बताउनुभयो ।