अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले

बिआरटीनेपाल २०८० असोज ११ गते ६:५५ मा प्रकाशित

१९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । आज बिहीवार चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा दुवै टोलीले १/१ गाेल गरे । पहिलो हाफमा बङ्गलादेशकी सबिना खातुनले गोल गरेर अग्रता दिलाए पनि दोस्रो हाफमा नेपालकी रेखा पौडेलले गोल गरेर खेल बराबरीमा ल्याइन् ।

नेपाल र बङ्गलादेशले यसअघिका दुवै खेल हारिसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो । यस्तै बङ्गलादेश पहिलो खेलमा जापानसँग ८–० र भियतनामसँगको खेलमा ६–१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू