अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

संयुक्त राष्ट्र सङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु

बिआरटीनेपाल २०८० असोज १ गते २१:०२ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्द्रित गरेका छन् ।महासभामा दिगो विकाससम्बन्धी सत्र शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सम्मेलनमा सहभागी देशहरूले राष्ट्रसङ्घको दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्नेबारे छलफल गर्नेछन् । यसमा विश्वको भोकमरी र गरिबी कसरी अन्त्य गर्ने, आयस्रोत र शिक्षामा सुधार कसरी हासिल गर्ने जस्ता विषय पर्छन् ।

स्वच्छ पानी र सरसफाइमा पहुँच पनि यसमा समावेश हुने अर्को विषय हो । महासभामाको मुख्य छलफल सेप्टेम्बर २३ सम्म निरन्तर हुनेछ । महासभा हरेक वर्षको सेप्टेम्बर महिनामा राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुन्छ । यो वर्ष महासभा सेप्टेम्बर ५ तारिखमा शुरु भएको हो । तर विश्वका प्रायजसाे नेताहरू भने मुख्य बैठकका लागि उपस्थित भएका छन् । न्युयोर्कमा रहेको सङ्गठनको मुख्यालयमा आयोजित ७८औँ महासभामा १ सय ४० भन्दा धेरै राष्ट्र र सरकार प्रमुख सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू