अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

२९औँ विश्व आदिवासी दिवस–अगस्ट ९” अमेरिकाको न्यूयोर्कमा सम्पन्न

बिआरटीनेपाल २०८० भदौ २५ गते २०:५१ मा प्रकाशित

न्यु योर्क । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को आयोजनामा र १८ वटा सदस्य संस्थाहरूको सह–आयोजनामा हालै “२९औँ विश्व आदिवासी दिवस–अगस्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भव्य रूपमा सम्पन्न गरेको छ । र्‍यालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता थिए ।

फिप्नाका १८ वटै संस्थाका पदाधिकारी तथा सदस्यहरू एलम्हर्ट्सको ज्याक्सन हाइटस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा जम्मा भई  सबैले प्रत्येक संस्थाहरूले संस्थागतरुपमा आ–आफ्नो भेसभुसामा तस्बिर खिचाएका थिए ।  तस्बिर खिच्ने कार्य सक्न बित्तिकै सबै संस्थकाहरुले आ–आफ्नो ब्यानर लिएर र्‍यालीमा सहभागिता जनाएका थिए ।

उक्त भव्य ¥याली करिब एक घण्टाको न्यु योर्क सहरको परिक्रमा गरी क्वीन्स ज्याक्सन हाइटको डाइभरसीटी प्लाजामा कोण सभा भएको थियो । कोण सभा गर्नु भन्दा अगाडी उपस्थित सबै जातीय संस्थाहरूले आ–आफ्ना परम्परागत झाँकी प्रस्तुत गरिएको थियो । 

उक्त कोण सभाको नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का महासचिव तथा कार्यक्रम सञ्चालक टोमा लामाले संक्षिप्तमा नेपालको पहिचान दिँदै, नेपाल बुद्ध र सगर माथाको देश हो, नेपाल बहु जाति, बहु धार्मिक र बहु सांस्कृतिक भएको देश हो भन्ने कुरा आम उपस्थित अतिथि अमेरिकाको राजनीतिक लिडरहरू तथा उपस्थित सबै जनालाई जानकारी दिए । साथै महासचिव लामाले हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मूल नारालाई आत्मसात् गर्दै कार्यक्रमको सुरुवात गरेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का अध्यक्ष श्री राज कुमार विष्टले गर्नु भएको थियो  भने प्रमुख अतिथिको रूपमा नेपाली महावाणिज्यदूत, न्यूयोर्कका वाणिज्य दूत श्री गणेश प्रसाद अधिकारी थिए । विशेष अतिथिहरूमा Assembly Member District 30 Steven Raga, District Leader & Former City Council Member/former state Senator dfggLo Hiram Monstarate,, न्यु योर्क मेयर एरिक एड्सका एसिया मामिला सल्लाहकार नवराज केसी थिए । फिप्नाका १८ वटा सदस्य संस्थाका अध्यक्षहरू, फिप्ना सङ्घीय परिषद्का सभामुख सभामुख सुवर्ण शाक्य, उपसभामुख गोमा योञ्जन, सल्लाहकार प्रदीप परियार थापा र अतिथिहरूमा एनआरएनए न्यु योर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, यूएस नेपाल क्लाइम्बर एसोसिएसन इंकका अध्यक्ष पासाङ शेर्पा, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका पूर्व अध्यक्ष टेक गुरुङ र  गोविन्द डान्स सेन्टरका डाइरेक्टर एवं नेपाली सिने जगत् वरिष्ठ डान्स डाइरेक्टर गोविन्द राई लगायतका थुप्रै नेपाली डायस्पोराका सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको थिए ।  कार्यक्रममा “मिस नेपाल नर्थ अमेरिका–२०२३ जुबीली शेर्पा” को पनि विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा फिप्नाका क्षेत्रीय उपाध्यक्ष एव कार्यक्रमका संयोजक माया लामा ह्योल्मोले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए । फिप्नाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङ प्रमुख वक्ता थिए । प्रमुख वक्ता चेम्जोङले विशेष गरी नेपालका आदिवासीहरूको वर्तमान जल्दा बल्दा मुद्दा तथा सवाल, विश्व व्यापीकरणले आदिवासीहरूमा पारेको प्रभाव र नेपालका आदिवासीहरूको वर्तमान अवस्था तथा सवालहरूको बारेमा प्रस्ट पार्नुको साथै राज्यको ध्यानाकर्षण गर्नु भएको थियो । हरेक जात जाति तथा समुदायहरूको पहिचान दिलाउनको लागि भाषिक, धार्मिक र सांस्कृतिक अधिकार जसरी अमेरिकाले सुनिश्चित गरेको छ त्यसरी नेपालले पनि अमेरिकाबाट सिक्नुपर्छ भनेर बताउनु भयो । जसरी अहिले प्रदेश नं १ को नाम कोसी प्रदेश राखिएकोमा हामी आदिवासीहरू खेद प्रकट गर्दछौँ । सो कोसी प्रदेश नाम खारेज गरी त्यहाँका बहुसङ्ख्यक लिम्बु र किरात राई हरुको पहिचान दिने नाम राखिनु पर्दछ भनेर जोडदार आवाज उठाउनु भएको थियो । त्यसै गरी न्याय, समानता र पहिचानका लागि हामी सबै एक ठाउँमा आउनको लागि आव्हान गर्नु भयो । त्यस्तै शुभकामना मन्तव्य राख्नेहरूमा विशेष अतिथि न्यु योर्क सहर District 30 का Assembly Member Steven Raga ले मन्तव्यको क्रममा नेपाली आदिवासीहरूमा विविधमा एकता देखियो, यो देखेर आफूलाई निर्कै खुशाी लागेको व्यक्त गरे । नेपाली अदिवासीहरुको आवाजलाई हामी सधैँ सुन्नेछौँ र केन्द्रमा राख्नेछौँ भनेर प्रतिबद्धता जायर गरे । एसेम्बली मेम्बर रागाले अमेरिकाको न्यु योर्क सहरको क्वीन्समा पनि नेपाली आदिवासीहरूले आफ्नो सांस्कृतिक, भाषा र धर्मलाई जोगाउन निरन्तरता दिएकोमा नेपाली आदिवासीहरूलाई धन्यवाद व्यक्त गरे । District Leader & Former City Council Member/former state Senator माननीय Hiram Monstarate ले मन्तव्यको क्रममा न्यु योर्क सहर विश्वको सबैभन्दा विविधता भएको ठाउँ हो यसको एउटा ठुलो हिस्सा नेपाली आदिवासी तथा नेपाली समुदाय हो । हामीले देखी रहेका छौँ यहाँ नेपाली समुदायहरूको विकास हुनुको साथै आफ्नो संस्कृतिको जगेर्ना पनि गरिरहेका छन् । युयोर्कका मेयर एरिक एडम्स्का एसिया मामिला सल्लाहकार नवराज केसी, फिप्नाका सभामुख सुवर्ण शाक्य, एनआरएनए न्यु योर्क च्याप्टरमा नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, गुरुङ(तमु) सोसाइटी इंक, अमेरिकाका अध्यक्ष तोरन गुरुङ र फिप्ना न्यूह्याम्सर च्याप्टर कमिटीका प्रतिनिधि मुक्ति वान्तवा राई थिए ।

विश्व आदिवासी दिवसको अवसरमा “बृहत् किरात र राई जाति” नामक पुस्तक प्रमुख अतिथि नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका वाणिज्य दूत श्री गणेश प्रसाद अधिकारी ज्यूले विमोचन गर्नुभएको थियो । सो पुस्तकको लेखकहरूमा भोगी राज चाम्लिङ, डा. तारामणि राई र भद्रगोल किराँती हुन् ।

कार्यक्रमको संयोजक फिप्नाका क्षेत्रीय उपाध्यक्ष माया लामा ह्योल्मा संयोजक, सह संयोजक सचिव निमा गोले तामाङ र अर्का सह संयोजकमा तत्कालीन न्यूयोर्कका लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत एवं चिरपरिचित लोकप्रिय समाजसेवी केशव राम राई थिए ।

फिप्नाले “विश्व आदिवासी दिवस –अगस्ट ९” हरेक वर्ष केही न केही फरक ढङ्गले मनाउँदै आएको छ । यो वर्षको “२९औँ विश्व आदिवासी दिवस २०२३–अगस्ट ९” फिप्नाले विशेष ¥यालीमा फोकस गरी आदिवासीका आम मुद्दा तथा नारा सहितको प्लेकार्डमा सबै उपस्थित भएका थिए । फिप्नाको दस्ताबेजको लागि विभिन्न समुदायहरूको संस्थागत रुपमा छुट्टाछुट्टै मौलिक भेसभुसामा विशेष फोटो सुट पनि आयोजना ग¥यौँ । ¥यालीमा अत्यधिक संस्था तथा मानिसहरूको सहभागिताले अति नै भव्य हुनुको साथै न्यु योर्क सहर नै रङिएको थियो । नेपाली आदिवासी समुदायहरूको विबिधामा एकता भएको कुरा न्यूयोर्कबासीलाई प्रत्यक्ष देखाउन पाएको र कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक भएको मा अत्यन्तै खुसी भएको कुरा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का महासचिव टोमा लामाले बताए ।

कोणसभा समापन नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)का अध्यक्ष श्री राज कुमार विष्टले कार्यक्रम फिप्नाले सोचेको भन्दा निकै राम्रो र भव्य भएकोमा खुसी व्यक्त गरे । प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेको थियो ।

प्रतिक्रिया