अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

संयुक्त राष्ट्रसङ्घद्वारा प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक

बिआरटीनेपाल २०८० भदौ २० गते ६:०५ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको छ ।योसँगै विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।सन् २०२४ को अन्त्यसम्ममा विश्वका एक सय ७५ देशले समुद्र, चराचुरुङ्गीको पेट र हिमालको चुचुरोमा हुने प्लास्टिक प्रदूषणलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौतामा पुग्ने गरी काम गरिरहेका छन्।

विश्वव्यापी प्लास्टिक उत्पादन दोब्बरभन्दा धेरैले बढेर ४६ करोड टन पुगेको छ र अब पनि केही नगरे सन् २०६० सम्ममा यो तीन गुणाले बढ्न सक्ने आँकलन छ ।यो मस्यौदा केन्याको राजधानी नैरोबीमा आउँदो नोभेम्बर १३ र १९ तारिखमा हुने नयाँ वार्ताको आधार बन्ने संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

प्राथमिक प्लास्टिक पोलिमरको उत्पादन घटाउने मुख्य विषयलाई जोड दिइएको छ । ग्रिनपिसका वरिष्ठ नीति सल्लाहकार साम चेतन वेल्शले प्लास्टिक पोलिमरको उत्पादनलाई सीमित गर्ने योजनालाई ‘आवश्यक’ नै भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू