अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

जर्जियामा पहिरोमा परी १७ जनाको मृत्यु

बिआरटीनेपाल २०८० साउन २१ गते ५:२५ मा प्रकाशित

जर्जियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । जर्जियाको राजधानी टिबिलिसीबाट १ सय ४० किलोमिटर टाढा रहेको रिसोर्ट क्षेत्रमा पहिरो जाँदा १७ मृत्यु भएको हो भने १८ जना बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त पहिरोमा परी बेपत्ता भएका १८ जनाको खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ती क्षेत्रमा रहेका होटल र कटेजहरु पहिरोले पुरिएर ध्वस्त भएका छन् ।

मृतक १७ मध्ये अधिकांश पर्यटकहरु रहेका छन् । जर्जियामा गत सातादेखि जारी भारी वर्षा कायम रहेकाले थप बिनासकारी घटना हुन सक्ने भन्दै सर्वसाधरणलाई सचेत तुल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू