अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

एनआरएनए महासचिव पौडेलको अध्यक्षमा लड्ने तयारी

बिआरटीनेपाल २०८० साउन २० गते ९:१६ मा प्रकाशित

काठमाडौंः गैर आवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औँ महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिने भएका छन् ।

हालै क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरुबाट सुझाव आएकाले आफूले संस्थाको नेतृत्व गर्ने सोच बनाएको बताए ।

आफूले सुरुदेखि नै अघि सारेको नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भए पनि डा. पौडेलले नेपाली नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । हाल गैर आवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरू अधिकारबाट देशका लागि योगदान दिने गैर आवासीयहरू वञ्चित भएको अवस्था छ । विभिन्न ठुला विकसित देशमा द्वि देशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने पौडेलले बताए ।

संस्था ठुलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेन्डा बनाएका छन् । यसका अलावा विदेशमा बस्ने नेपालीहरूका प्रमुख समस्याहरूमा मुखर भएर लाग्ने योजना पनि पौडेलले बनाएका छन् ।

विभिन्न देशका राष्ट्रिय सम्मेलन सकिइसकेका बेला व्यावसायिक चिकित्सा पेसासँगै एनआरएनए अभियानमा महत्त्वपूर्ण समय दिएका पौडेलको नेतृत्व दौडलाई धेरै अगुवाले सकारात्मक हेरेका छन् । अमेरिकामा कार्यरत पौडेललाई त्यहाँबाट ठुलो समर्थन मिलेको छ । यसबाहेक धेरै मतदाता भएका युरोपेली तथा अस्ट्रेलियासँगै साना देशबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले पौडेल आशावादी छन् ।

SAMSUNG CSC

प्रतिक्रिया