अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

बिआरटीनेपाल २०८० साउन १६ गते ६:४६ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको हो । नेपाली महिला क्रिकेट टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन् ।

बन्द प्रशिक्षणका लागि रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र काजोल श्रेष्ठ छनोट भएका छन् । यस्तै,सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पान्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोदार, खुसी डंगोल, पुजा महतो,सबनम राई, रोमा थापा,कन्चन श्रेष्ठ,सृष्ठी जैसी र स्नेहा महरालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर ९ अर्थात भदौ ११ देखि २३ सम्म प्रतियोगिता सुरु हुँदैछ । समूह ‘ए’ मा रहेर नेपाली महिला टोलीले बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै,समूह ‘बी’ मा चीन,हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू