अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

यूएईमा एक नेपालीले जिते तीन करोड ६० लाखको चिठ्ठा

बिआरटीनेपाल २०८० असार २० गते ६:२८ मा प्रकाशित

युएईमा फेरि अर्का एक नेपालीले एक मिलियन यूएई दिर्हाम अर्थात् झण्डै तीन करोड ६० लाख रुपैयाँ चिठ्ठा जितेका छन् । यूएईमा कार्यरत मेघ नाम गरेका नेपाली नागरिकले गएको शनिवार महजुज ड्रमा एक मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार तीन करोड ५७ लाख ९८ हजार १३३ रुपैयाँको चिठ्ठा जित्नुभएको यूएईको स्थानीय सञ्चार माध्यम गल्फ न्युजले उल्लेख गरेको छ । मेघको अन्तिम नाम अर्थात् थर र नेपालको ठेगाना भने समाचारमा उल्लेख गरिएको छैन ।

शनिवार भएको १३५ औँ महजुज ड्रमार्फत मिलियन दिर्हाम जित्नेमा मेघ चौथो नेपाली हुनुभएको छ । यसअघि भरतले पहिलो पटक महजुजको ड्रमा एक करोड दिर्हाम, पदमले दुई करोड युएई दिर्हाम र सूर्यले दश लाख यूएई दिर्हाम चिठ्ठा जित्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू