अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

बिआरटीनेपाल २०८० असार १८ गते ६:५७ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज पनि दाेहाेराे अङ्कले घटेकाे छ । हिजाे आइतवार ५३ अङ्कभन्दा धेरैले घटेको नेप्से आज २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएकाे छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डकाे शेयर सबैभन्दा धेरै नौ झन्डै प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिवाईसी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया