अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 10:09

संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

बिआरटीनेपाल २०८० असार १३ गते ७:१४ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नु भएको छ ।बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गर्नु भएको हो । अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनु भयो । एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

ओलीले भन्नु भयो –‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौं । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झ¥यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरु त्यसमा केही भनिरहनु परेन ।’ अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू