अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:२३ मा प्रकाशित

स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन एक हजार ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । यसदिन तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू