अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

भारतीय कम्युनिस्ट पार्टी माओवादीका नेता कट्टम सुदर्शनको निधन

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:११ मा प्रकाशित

भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका कट्टम सुदर्शनको निधन भएको छ ।माओवादी पोलिटव्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका छन् ।

भारत सरकारले सुदर्शनको टाउकोको मूल्य १ करोड ५५ लाख भारतीय रुपैयाँ तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका सुदर्शनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन,वीरेन्द्र, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

तलंगानाको आदिवाबाद घर भएका कट्टमको ६६ वर्षको उमेरमा निधन भएको हो । भारतका विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप लागेको कट्टममाथी छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत लागेको थियो । प्रहरीका अनुसार कट्टम १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू