अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

पुलिससँग एनआरटी पराजित

बिआरटीनेपाल २०८० जेठ १८ गते ६:५५ मा प्रकाशित

घानाका फरवार्ड मोसेस ग्यवाको गोलमा नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम ९एनआरटी० लाई १–० ले पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई पराजित गर्दै पुलिस ३४ अंकका साथ लिग तालिकाको चौथो स्थानमा कायम छ । उसले पाँचौंमा रहेको आर्मीलाई ४ अंकले पछि पारेको छ ।

खेलको ७६ औं मिनेटमा मोसेसले गरेको गोल नै पुलिसका लागि निर्णायक बन्यो ।हारपछि एनआरटी भने २३ खेलमा ७ जित, ८ बराबरी र ८ हारसहित २९ अंकका साथ आठौं स्थानमा छ ।

प्रतिक्रिया