अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा भण्डारी निर्वाचित

बिआरटीनेपाल २०८० जेठ ८ गते ५:२४ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्षमा सुरज भण्डारी निर्वाचित हुनुभएको छ । ८ औँ महाधिवेशन तथा १६ औँ साधारण सभाबाट भण्डारीले ५४ मत प्राप्त गर्दै जित हाँसिल गर्नुभएको हो । अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा भएको अधिवेशनमा उहाँका प्रतिस्पर्धी मधुकर अधिकारीले जम्मा १९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बास्कोटा, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू