अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

जापानमा बस दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०८० जेठ ३ गते ७:४६ मा प्रकाशित

जापानको सेन्दाईमा बस दुर्घटना हुँदा दुई जना नेपाली र एक जना जापानीसहित तीन जनाको मृत्यु भएको छ ।मंगलबार साँझ भएको दुर्घटनामा परी नेपाली विद्यार्थीहरु काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरुले जनाएका हुन् ।

त्यसैगरी दूर्घटनामा एक जापानी महिलाको पनि मृत्यु भएको बताइएको छ । सेन्दाईबाट इवातेका गईरहेको बसमा समस्या देखिएपछि एक्सप्रेस वेमा चेकजाँचका लागि रोकिएको बेला ट्रकले पछाडिबाट ठक्कर दिँदा बस दुर्घटना भएको हो । चालक दलसहित ४० जना रहेको बस ट्रकको ठक्करबाट सय मिटर पर उछिट्टिएको पनि जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरु मध्ये अधिकांश नेपाली र बंगाली विद्यार्थीहरु रहेको बताइएको छ ।

दूर्घटनापछि बन्द गरिएको सो सडक आज विहान मात्रै संचालनमा आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू