अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

साकेला उभौली समपन्न

बिआरटीनेपाल २०८० वैशाख २६ गते १६:३४ मा प्रकाशित

न्यू योर्क। संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनीधि अमृतबहादुर राईले किरातिहरु प्रकृति पूजक भएकाले उनीहरुको चाडबाड र संस्कार संस्कृति प्रकृतिको चक्रसँग जोडिएको बताएका छन्।


किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले आयोजना गरेको साकेला उभौली कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित भएर उनले उक्त कुरा बताएका हुन्। ‘हामी किरात राईहरुको चाडपर्व प्रकृतिको चक्रमसँग जोडिएको छ। हामी प्रकृति पूजक हौं।’

गर्मी छल्न लेक उक्लिने र जाडो छल्न बेँसी झर्ने परम्परा उल्लेख गर्दै उनले भने,‘हामी किरात राईहरुको चाडपर्व प्रकृतिको चक्रमसँग जोडिएको छ। हामी प्रकृति पूजक हौं।’ कार्यक्रममा उनले साकेला उभौलीको शभकामना दिए। उनले यस्ता कार्यक्रम आफ्नो थातथलो भन्दा धेरै पर प्रवासमा आयोजना गरि आफ्नो संस्कार र संस्कृतिलाई निरन्तरता दिएकोे र पुस्तान्तरणमा भुमिका खेलेको भन्दै केआरएसएको प्रसंशा गरे।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राजकुमार बिष्टले साकेला उभौली जस्तो कार्यक्रमले आफ्नो पहिचान जगेर्ना गर्न भुमिका खेल्ने बताए। ‘म यहाँ साना साना नानी बाबुहरु देखिरहेको छ। यो कार्यक्रमबाट उनीहरुले हाम्रो परम्परा, संस्कार, संस्कृतिबारे सिक्ने मौका पाउने छन्।’ कार्यक्रममा संयोजक सन्देश राईले साकेला उभौलीका बारे बताए। ‘गर्मी लागेपछि चराचुरुंगी, जनावर, माछा आदि उकालो लाग्छ। हाम्रा पुर्खाहरु पनि गर्मी छल्न लेकतिर निस्कन्छन। खेतिपाति लगाउँछन। बालीनाली र बस्तुभाउ सप्रियोस भने सुम्निमा र पारहाङ’लाई पुजा गर्छन्।,’ उनले भने, ‘त्यहि पूजा सोकला उभौली हो।’ साकेला उभौली र उधौली गरि वर्षमा दुई पटक मनाइन्छ।


कार्यक्रममा मुन्धुमविद डा. शान्तिदेवी राई, केआरएसए केन्द्रिय कार्यसमिति कार्यबाहक अध्यक्ष भारती राई, न्यू योर्क च्याप्टर अध्यक्ष वाकाशा बान्तावा राईले साकेला उभौलीको शुभकामना दिएका थिए। कार्यक्रम सञ्चालन न्यू योर्क च्याप्टर सचिव बिजय कुमार राईले गरेका थिए भने कार्यक्रममा करिब १ दर्जन नयाँ सदस्यलाई खादा ओडाइ स्वागत गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनीधिसहित कम्तिमा दुई सय ५० जनाको उपस्थिति रहेको अनुमान छ।

 

प्रतिक्रिया