अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

आईपीएलको १६ औं संस्करण आजबाट शुरु

बिआरटीनेपाल २०७९ चैत १७ गते ८:२३ मा प्रकाशित

१६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शुक्रबारबाट सुरू भएको छ । शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुका पौने ८ बजे सुरु भएको हो ।

गुजरात हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गरेका छन् । भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाईटराईडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाईटन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् ।

हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुईरदुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक/एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन् । यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू