अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने पुटिनकाे घोषणा

बिआरटीनेपाल २०७९ चैत १२ गते ९:०४ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गर्नुभएकाे छ ।उहाँले युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँग तनाव बढिरेहका बेला बेलारुसमा आणविक भण्डारण गर्ने घोषणा गर्नुभएको हो । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले लामो समयदेखि आफ्नो देशमा आणविक हतियार तैनाथीका लागि आग्रह गर्दै आएको पुटिनको दावी छ ।

राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्र बेलारुसमा आणविक हतियार भण्डारण स्थलको निर्माण पूरा भइसक्ने बताउनुभयाे । उहाँले अन्तर्राष्ट्रिय आण्विक अप्रसार सन्धिको बर्खिलाप नहुने गरी हतियार राखिने दावी गर्नुभएको छ । अमेरिकाले पनि आफ्नो गठबन्धनका देशहरुमा आणविक हतियार भण्डारण गरेको तर्क पनि उहाँले गर्नुभएको छ ।तर बेलारुसमा राखिने आणविक हतियारको नियन्त्रण भने रुसकै हातमा हुने पनि राष्ट्रपति पुटिनले बताउनुभएको छ । रुसले यस अघि नै १० वटा आणविक हतियार बोक्ने विमान बेलारुसमा तैनाथ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू