अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

शेयर बजार १८ अङ्कले घट्याे

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:०३ मा प्रकाशित

शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव १५ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता शेयर एक अर्ब ४१ करोड ३१  लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त कम्पनीको शेयर साढे सात प्रतिशत र सृजनशील लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै मायाखोला जलविद्युत्, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू