अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

फिवना भ्वाइस अफ इमिग्रेन्ट वीमेन जर्नल विमोचन र अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ चैत ८ गते १८:१९ मा प्रकाशित

आदिवासी जनजाति महिला महासङ्घ अमेरिका (फिवना) ले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भ्वाइस अफ इमिग्रेन्ट वीमेन जर्नल
विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको विमोचन गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने सङ्कल्प भएकोले लामो समयपछि एउटा सपना पुरा भएको जानकारी बताइन् । जर्नलालाई पुस्तकारको रूपमा ल्याउनका लागि गरिएको जर्नी अफ द जर्नलको विषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौती पूर्ण र कठिन भए पनि सबै सदस्य दिदीबहिनीहरूको एक्यवद्धता, प्रतिबद्धता र लगावका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, विज्ञापन दिएर सहयोग पुर्‍याउने व्यवसायी लगायत सम्पूर्ण सहयोग मनहरू प्रति आभार प्रकट गरिन् । त्यसैगरि यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आउने दिनमा सुधार गर्नको लागि सम्पूर्ण सहभागीहरूलाई आग्रह पनि गरिन् ।

यस्तै, अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा. प्रोफेसर रेजिता नायरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन स्लेभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्‍याउने व्यक्तिहरू नेपालको लागि सद्भावना पर्यटन दुत न्यूयोर्कका केशवराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासङ्घ अमेरिका (फिपना) का पूर्व सभामुख विनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई सम्मान गरेको थियो । त्यसैगरि नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नवराज केसी, ऊर्जाशील युवा दीपक चौधरी र न्यु योर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामालाई पनि हौसला स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यसहित २० जनाले आजीवन सदस्यता लिएका थिए । आजीवन सदस्यताहरूलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरुष बिचमा भएको सामाजिक विभेद रहेको उल्लेख गर्दै उन्मुलन गर्नका लागि नयाँ पीढीहरू एक हुनुपर्ने बताइन् ।

त्यस्तै संस्थाकी संस्थापक अध्यक्ष सङ्गिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडि बढ्न हौसला दिएको बताउँदै संस्था स्थापनादेखिको सङ्घर्षका कथाहरू पोखिन् । संस्थापक अध्यक्ष मगरले भने, “हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको विकास गरौँ ।

अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पन्सरमा सद्भावना पर्यटनदुत तथा सामाजिक अभियन्ता केशवराम राई र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता इन्द्र तामाङ गोल्ड स्पन्सर, फिपनाका पूर्व सभामुख विनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बा दयबाट सिल्भर स्पोनसर स्वरूप संस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूर्ण उपस्थितलाई धन्यवाद तथा आभार व्यक्त गर्दै सम्पूर्णले यसै गरी साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औपचारिक रूपमा अन्त्य गरिन् ।

प्रतिक्रिया