अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

संवैधानिक आयोगको कामप्रति अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:३५ मा प्रकाशित

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगका काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो असन्तुष्टि जनाउनु भएको हो । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुने धारणा राख्नुभयो ।

उहाँले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगलाई उहाँले आग्रह गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्धन गर्न आयोग प्रतिवद्ध रहेको बताउनुभयो। मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भइरहेको समेत उहाँले स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू