अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन, गठबन्धन ५ वर्ष टिक्छः अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:१९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव राखेपछि उक्त प्रस्तावमाथि छलफलका क्रममा अध्यक्ष नेपालले अब प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने ठहर गर्नुभयो ।

संसदमा बोल्ने क्रममा छोटो समयमा प्रधानमन्त्रीले विश्वासको मत लिइरहेको सन्दर्भ उठेको थियो। वैशाखमा फेरि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अभिव्यक्ति आएपछि अध्यक्ष नेपालले त्यस्तो नहुने, गठबन्धन ५ वर्षसम्म टिक्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते पनि प्रतिनिधि सभाबाट विश्वासको मत लिनुुभएको थियो । त्यसबेला सरकारमा रहेका एमाले र राप्रपाले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिनुुभउको हो ।

अध्यक्ष नेपालले वैशाखमा प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआउने र राजनीतिक स्थायित्व दिन र देशका चुनौती सामना गर्न अहिलेको गठबन्धन एकताबद्ध भएर ५ बर्ष अघि बढ्ने अध्यक्ष नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू