अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

फ्रान्समा संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक- सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बिआरटीनेपाल २०७९ चैत ५ गते ८:०६ मा प्रकाशित

फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ ।राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि हुनसक्ने विरोधलाई ध्यानमा राखेर संसद् अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो । म्याक्रोँको सरकारले गएको बिहीवार कार्यकारी अधिकार प्रयोग गरी विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा शान्तिपूर्ण जुलुस निकालिएको छ । सडकमा विरोध प्रदर्शन बढ्दै गएको छ ।

संसदीय स्रोतका अनुसार विपक्षी सांसदले संसदमा छलफल हुने गरी सरकारविरुद्ध अविश्वासको दुई वटा प्रस्ताव दर्ता गराएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनीहरूले मन्त्रिपरिषद्लाई अपदस्थ गर्न र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ पुुर्याउने कानुनलाई खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू