अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

एफ.ए कप फुटबल-म्यानचेस्टर सिटी सेमिफाइनलमा

बिआरटीनेपाल २०७९ चैत ५ गते ८:०१ मा प्रकाशित

बर्नलेलाई हराउँदै म्यानचेस्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा सिटीले बर्नलेलाई ६–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।खेलको ३२ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा हालाण्डले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । ५९ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

हाल्याण्डको यो ह्याट्रिक ५ दिनको अन्तरालमा दोस्रो ह्याट्रिक हो । मंगलबार भएको च्याम्पियन्स लिगको खेलमा हाल्याण्डले जर्मनीको आर.बी लेप्जीग विरुद्ध ५ गोल गरेका थिए । यस्तै, ६२ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । ६८ औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए । त्यसपछि ७३ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को जित दिलाए ।

प्रतिक्रिया