अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

नेप्से ५.३ अंकले घट्यो

बिआरटीनेपाल २०७९ चैत २ गते ७:१० मा प्रकाशित

साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा झरेको छ । दिनभर कुल १ अर्ब १४ करोडको कारोबार भयो । ९२ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने ३ को स्थिर रहृयो ।

बैंकिङ ४.९, विकास बैंक १४, फाइनान्स ५, होटल तथा पर्यटन ३५, जीवन बीमा ३४, उत्पादन ६, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा २१ अंक घटे । अन्य १, जलविद्युत् ०.२५ तथा ब्यापार २९ अंक बढ्यो । दुई कम्पनी युनिक नेपाल लघुवित्त र शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो ।

लिबर्टी इनर्जी र किसान लघुवित्तको मूल्य ४.९ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको ५.७, नयाा सारथी लघुवित्तको ४.८ तथा प्रभु लाइफको ४.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक संस्थापक समूह अग्रस्थानमा रहे ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू