अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

आईसीसी ओडीआई वरीयतामा नेपालको सुधार

बिआरटीनेपाल २०७९ चैत १ गते ७:१२ मा प्रकाशित

आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।आईसीसीले सार्वजनिक गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९ औं स्थानबाट १७ औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो ।

पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ । नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ ।

नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्ने छ । एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स (१४औं) र ओमान (१५औं) स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया