अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

क्यालिफोर्नियामा युवा सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७९ फागुन २० गते ११:३२ मा प्रकाशित

क्यालिफोर्निया । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा क्यालिफोर्नियाको बरक्ली सहरमा तेस्रो युवा सम्मेलन सम्पन्न भएको छ । २५ फेब्रुअरी शनिवारका दिन युनिभर्सिटी अफ बरक्लीको सभाहलमा सम्मेलन सम्पन्न भएको हो । नेपलिज स्टुडेन्ट एसोसिएसन युसी बरक्ली सँगको सहकार्यमा विज्ञहरूको सहभागितामा विभिन्न विषयमा सम्मेलनमा छलफल गरिएको थियो ।

सम्मेलनमा नेपाली युवाको सहभागिता र अवसर निर्माण विषयक छलफल भएको थियो । मिलन जङ्ग कटवालले सहजीकरण गरेको सो छलफलमा शिव राज भण्डारी र गायिका प्रजिता बास्तोलाले आफ्नो धारणा राख्नुभएको थियो । यस्तै, लगानी र उद्यमशीलता विषयक छलफल भएको थियो । एर्टोनी निरञ्जन अधिकारीले सहजीकरण गर्नुभएको सो अन्तरक्रियात्मक छलफलमा ट्रु रुट फाईन्नासियलकी सिईओ रोशनी पाण्डे,ककाकी का फाउन्डर तथा इन्टेल कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर प्रदीप खनाल, जेवेक प्रोटोकलका क्रिएटर एण्ड एंगल इन्भेष्टर साम थपलिया, इन्सिेन्ट रेन स्टुडियोजका सिइओ किरण भक्त जोशीले आ आफ्ना धारणा राख्नुभएको थियो । यसै गरी, नेपालमा ईगभर्नेन्सः अवसर चुनौती विषयमा छलफल भएको थियो । यस छलफललाई सिनियर सिस्टम एनालिष्ट सुजन पराजुलीले सहजीकरण गर्नुभएको थियो । यस्तै, नेपाली डायस्पोराले नेपाललाई ग्लोबल्ली कसरी चिनाउन सहयोग गर्न सक्दछ भन्ने विषयमा इन्सिेन्ट रेन स्टुडियोजका सिइओ किरण भक्त जोशीले प्रकाश पार्नुभएको थियो ।

यस्तै, क्रिदिश उप्रेतीले सहजीकरण गरेको नेपालमा गाँजाको भविष्यका सन्दर्भमा नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय, डा. कमल ढकाल र डा. निरञ्जन अर्यालले धारणा राख्नुभएको थियो । यस्तै, महिलाको नेतृत्व विषयमा विभिन्न क्षेत्रमा विशिष्टीकृत भूमिकामा रहनुभएका महिलाहरूको सहभागितामा अन्तरक्रियात्मक छलफल भएको थियो । सपना शर्मा र अनुपमा पुरीले सहजीकरण गर्नुभएको यस छलफलमा ग्लोबल नेपाली प्रोफेसनल नेटवकर्की अध्यक्ष विद्या सुवेदी,क्लिनिकल डेभलपमेन्ट इन्जिनियरिङ टिम इन्ट्युटिभ सर्किजल आईएनसीकी म्यानेजर सामना घिमिरे, इकर्मश फेशन उद्यमी सुमन भण्डारी,क्यासियर परमानेन्तेको सिनियर म्यानेजर फिनान्सियल प्लानिङ एण्ड एनालाईसिस प्रज्ञा वाग्ले लगायतले धारणा राख्नुभएको थियो ।

सङ्घका अध्यक्ष बुद्दिसागर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकाको उत्कृष्ट व्यापारिक कम्पनी मध्येको एक युआईसि अलास्काका चिफ अपरटिङ अफिसर जीवन पोखरेल, भर्चुअल माध्यम मार्फत नेपालका सङ्घीय सांसद नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. केशव पौडेल, युनिभर्सिटी अफ सानफ्रान्सिस्को की शिक्षा संकायकी डिन डा.सभनम कोइराला आजाद, एनआरएनए अन्तर्राष्ट्रिय युवा संयोजक अब्दुल बसिद्, एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, एनआरएनए अमेरिका युवा संयोजक तथा कन्भेनर त्रिभुवन पाण्डे, एनआरएनए अमेरिकाका पश्चिम क्षेत्र संयोजक श्रीराम थापा लगायतले धारणा राख्नुभएको थियो ।

सो अवसरमा एनआरएनए अमेरिकालाई सिनेटर डेभ कोरटेसीको तर्फबाट सर्टिफिकेट अफ रिकगनिसन प्रदान गरिएको थियो । यूथ इम्प्याक्ट समिटमा अमेरिका विभिन्न राज्य तथा सहरबाट विषय विज्ञहरूसहित करिब ५ सय बढीको सहभागिता रहेको एनआरएनए अमेरिकाका युवा कमिटीका प्रमुख सन्देश उप्रेतीले जानकारी दिनुभयो । सङ्घका सचिव अनुप खनालले एनआरएनए अमेरिकाको आयोजनामा भएको यो युवा सम्मेलन तेस्रो भएको तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ४ मार्चमा न्यू ह्याम्सपायरमा विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

यसैबिच, २४ फेब्रुअरी २०२३ शुक्रवार एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्ष च्याप्टरको संयोजनमा सानफ्रान्सिस्कोमा भएको नेपाल डे परेडमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सो अवसरमा सम्मान गरिएको थियो । युवा सम्मेलनको पूर्व सन्ध्यामा युवा सम्मेलनका अवसरमा आएका व्यक्तिहरूको स्वागत तथा सम्मानमा च्याप्टरले गरेको कार्यक्रमको अध्यक्षमा च्याप्टर अध्यक्ष एकदेव शर्माले गर्नुभएको थियो । च्याप्टर सचिव हरि ओझाको सञ्चालनमा भएको कार्यक्रममा एनआरएनए आइसिसीका महासचिव डा. केशव पौडेल,एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुवेदी, एनआरएनए आइसिसीका युवा संयोजक अब्दुल बसिद, नेपाल अमेरिका पत्रकार सङ्घका महासचिव सुरज भण्डारी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरू सुमन थापा, डिलु पराजुली, गोपेन्द्र भट्टराई, दीक्षा बस्नेत, महासचिव अन्जन चौलागाई, कोषाध्यक्ष राजीव श्रेष्ठ, सचिव सुनिता कंडेल, एनआरएनए अमेरिकाका अनररी मेम्बर उत्तम कार्की,न्यान्सका अध्यक्ष प्रितेश कार्की, एनआरएनए अमेरिकाका पश्चिम क्षेत्रका संयोजक श्रीराम थापा लगायतले धारणा राख्नुभएको थियो ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू