अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

एमालेले तत्काल सरकार नछोड्ने

बिआरटीनेपाल २०७९ फागुन १३ गते ६:२१ मा प्रकाशित

नेकपा एमालेले तत्काल सरकार नछाड्ने बताएको छ। शनिबार बिहान बसेको सचिवालय बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एमालेले तत्काल सरकार नछाड्ने जानकारी दिनुुभयो । एमालेले राष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङलाई बनाउने निर्णय थियो । उहाँलाई समर्थन गर्नको लागि कांग्रेसबाहेक अरू पार्टीलाई पत्राचार गर्ने गुरूङले बताउनुुभयो ।

यसका साथै, बैठकले पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णय समेत गरेको उपमहासचिव गुरूङले बताउनुुभयो । २५ गते राष्ट्रपति निर्वाचन हुने भएकोले त्यतिबेलासम्म पुस १० गतेको सहमति अनुसार अघि बढ्न पार्टीले निर्णय गरेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू