अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ- राष्ट्रपति उम्मेदवार पौडेल

बिआरटीनेपाल २०७९ फागुन १३ गते ६:१९ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।शुक्रवार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो । गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसनिम्ति आफ्नो भूमिका हुने बताउनु भयो ।

उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताउनु भयो । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उहाँको भनाई छ । उहाँले राष्ट्रपति चुनावको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने पनि बताउनु भयो । यस्तै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत् बनाउन ओलीको योगदान हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू