अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

एमालेसँगको सहकार्य टुङ्गिने चरणमा- मन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:४२ मा प्रकाशित

उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमले एमालेसँग गरिएको समिकरण टुट्ने र नयाँ समिकरणमा राजनीति कोर्ष अगाडि बढ्ने संकेत देखिएको बताउनुभएको छ । माओवादी उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले समिकरण जोसँग भएपनि माओवादीकै नेतृत्वमा सरकार रहने दाबी गर्नुभयो । पार्टीको दुई महिने बैचारिक राजनितिक तथा सांंगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै श्रेष्ठले एमालेसँगको सहकार्य अब करिब टुङ्गिएको बताउनुभयो ।

एक फरक, प्रसंगमा बोल्दै मन्त्री श्रेष्ठले भौतिक पुर्वाधारको क्षेत्रमा भईरहेका काम तथा गतिविधीलाई चुस्तदुरुस्त बनाउने काम तिव्रताका साथ भईरहेको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू