अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

धनुषाका दिलीप महतोको हत्या अभियोगमा दुई जनालाई २५ वर्ष कैद

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३९ मा प्रकाशित

धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५÷२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ ।जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५÷२५ वर्ष कैद र ५÷५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ ।

जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ सजाय पनि तोकिएको छ ।अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको थियो । २०७६ साल पुष २५ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षका दिलीपको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको अभियोग लागेका सात जनामध्ये चार जनालाई अदालतले सफाइ दिइएको छ । हत्या गरिएका दिलीपका बहिनीहरू सङ्गम र लक्ष्मीले दाइले सुरु गरेको अभियान अघि बढाइरहेका छन् । सङ्गमको अध्यक्षतामा ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठान दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू