अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

आलंकारिक राष्ट्रपतिलाई कार्यकारीको रुपमा प्रयोग गर्न खोजियो-अध्यक्ष केसी

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३७ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताउनुभएको छ ।शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद अलांकारिक भएपनि कार्यकारी राष्ट्रपतिको रुपमा प्रयोग गर्न खोजिएको बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताउनुभयो । दलहरुले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरुको पनि दौडधुप बढेको उहाँले बताउनुभयो । शक्ति राष्ट्रहरुको बढ्दो आवत्–जावत्ले राजनीतिक पार्टीहरुको स्तर पनि गुमाएको उहाँले बताउनुभयो ।

उहाँले नेपाली काँग्रेससहितको पुरानो पाँचदलिय गठबन्धन बन्न लागेको बताउनुभयो । उहाँले नयाँ सरकार बनेपनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू