अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

विश्वविद्यालयमा पुरानो तरिका होइन, नवीनतम प्रविधि अवलम्बन गरौँ- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३४ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरू पुरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिनुपर्ने बताउनुुभएको छ । शुक्रबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वमा विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताउनुुभयो ।

सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, ‘संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू