अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक–समर्थक नबस्ने

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:२७ मा प्रकाशित

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकको राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको राज्यमन्त्री दिपक बहादुुर सिंहले जानकारी दिनुुभयो ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू