अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

राष्ट्रपतिका लागि तानातान हैन, राष्ट्रिय सहमति गर्नुपर्छ- जनार्दन शर्मा

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:२६ मा प्रकाशित

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताउनुुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुुभयो । शर्माले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली कांग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताउनुुभयो ।

यस्तै राजनीतिक खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने शर्माको भनाई थियो । सांसद शर्माले आजै बस्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने जानकारी दिनुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू