अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:२३ मा प्रकाशित

सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले आफूहरुले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए । सांसदहरुको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन निर्देशन गर्नुभएको हो ।

उहाँले सवै संसद्का सदस्यहरु, शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिनुुभएको हो । संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू