अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

माओवादी जसपालाई उपराष्ट्रपति दिन सकारात्मक छ- उपेन्द्र यादव

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:३३ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।

छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव तथा सरकारको विषयमा धारणा राखेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उहाँको भनाइ छ । अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गर्नुभयो । प्रचण्डले आउँदा दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू