अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त- संचारमन्त्री मन्त्री शर्मा

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:३२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ’फोरजी’ सेवा गुणस्तरीय बनाएर आवश्यक पूर्वाधार निर्माणपछि मात्रै ’फाइभजी’ लागू गर्न उपयुक्त हुने बताउनुुभएको छ । बिहीबार प्रविधि पत्रकारमञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजीको चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताउनुुभयो ।

नेपालमा फाइभजी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक रहेपनि फोर जीको स्टाटस थाहा नपाइ फाइभजीमा कसरी अगाडि बढ्ने विषय चुुनौतिपूर्ण रहेको शर्माको भनाई थियो । उहाँले फोर जी सेवा विस्तार भएको लामो समयसम्म सुुगम क्षेत्रमा समेत प्रभावकारी हुन नसकेको भन्दै फोरजी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको ठहर गर्नुुभयो । फोरजीलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभजीमा प्रवेश गर्न उपयुक्त रहेको शर्माले बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू