अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

पुरानो गठबन्धन ब्यूताउने विषय टुंगोमा पुगेको छैनः उपप्रधानमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:३२ मा प्रकाशित

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससहितको गठबन्धनलाई ब्यूताउने विषय टुंगोमा पुगिनसकेको बताउनुभएको छ ।नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालबीचको भेटवार्तामा सहभागी भएको उहाँले सञ्चारकर्मीसँग सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनको बारेमा निष्कर्षमा पुगिने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू