अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

’‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:२६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभइ हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताउनु भएको हो।

बिहीवार आज आफ्नै जन्मदिनको अवसरमा बालकोटमा रहेको निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सरकारको यो मानसिकताबाट देशमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको जस्तो देखिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू