अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

राष्ट्रपति निर्वाचनका लागि नेताहरूको दौड धूप

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:२५ मा प्रकाशित

राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक दलहरु दौड धूपमा लागेका छन् ।प्रतिनिधि सभाको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरु दौड धूपमा लागेका हुन् । आगामी शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।त्यस अघि दलहरुलाई राष्ट्रपतिका लागि उम्मेदवारको टुंगो लगाउनु पर्ने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको ।

प्रधानमन्त्री दाहालले दाहालले राष्ट्रपतिमा साझा सहमतिका उम्मेदवारका लागि राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनु भएको एक माओवादी नेताले बताए । उनले भने ‘ माओवादी भरसक सबैको साझा सहमति जुट्ने नभए अधिकतम सहमति जुट्ने उम्मेदवार राष्ट्रपति बनोस भन्नेमा छ’ ।बुधबार राष्ट्रपति निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग प्रधानमन्त्री दाहालको छलफल भएको थियो । कांग्रेसले बिहीबार पनि प्रधानमन्त्री दाहालसँग छलफल गर्न लागेको कांग्रेस नेताहरुको भनाइ छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका नेताहरुसँग पनि छलफल गर्न लाग्नुभएको छ । दलहरुबीच दुईपक्षीय र बहुपक्षीय वार्ताका नेताहरुको दौड धूप बढेको छ ।नेकपा एमाले भने दाहाललाई गत पुस १० गते प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएकाले त्यसमा दायाँ बायाँ हुन नहुने अडानमा छ । तर कांग्रेस र माओवादी भने एमालेलाई राष्ट्रपति दिन नहुने भन्नेमा छन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरुबीच राष्ट्रपति निर्वाचनमा सम्बन्धमा बिहीबार निर्णायक वार्ता हुने नेताहरुको भनाइ छ । त्यसैगरी बिहीबार साँझसम्म पुरानो गठबन्धन ब्यूताउने विषयमा पनि छलफल हुँदैछ । आगामी शनिबार मनोनयन दर्ता भएपछि नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ मा मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू