अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्न भन्नेमा विश्वस्त छुः ओली

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:२५ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताउनुुभएको छ । उहाँले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका बताउनुुभएको हो ।

अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा प्रचण्डले  एमालेलाई धोका दिनुहुन्छ भन्ने आफुुहरुलाई विश्वास नरहेको उल्लेख गर्दै माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको स्मरण गर्नुुभयो । ओलीले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू