अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६
| Colorodo: 07:31
नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव गरिएको र उक्त प्रस्ताव पारित हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुुभयो । त्यस्तै बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गर्ने नेता खतिवडाले बताउनुुभयो ।
बैठकको समापन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीले समाजवादको झण्डा बुलन्द गरेको भन्दै पार्टी समाजवादी बाटोबाट बाहिर नजाने बताउनुुभयो । ‘जनताको समस्या कसरी सम्बोधन गर्ने भनेर प्रस्ट दृष्टिकोणका साथ जान्छौ’, अध्यक्ष नेपालको भनाइ छ । उहाँले गत निर्वाचनमा पार्टीले ९ लाख मत पाएको भनेपनि वास्तविक मत ५,६ लाखमात्रै रहेको आफूले अहिले थाहा पाएको खुलासाा गर्नुुभयो ।