अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

सत्तारुढ गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ- एमाले उपमहासचिव गुरुङ

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:५९ मा प्रकाशित

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताउनुभएको छ ।उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताउनुभयो ।आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पार्नुभयो ।

उपमहासचिव गुरुङले भन्नुभयो, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजि गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’ उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा काँगे्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू