अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

अमेरिकाले लडाकु विमान प्रयोग गरी चिनियाँ बेलुन खसाल्यो, चीनको असन्तुष्टि

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:५१ मा प्रकाशित

अमेरिकाले आफ्नो देशको महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा ठूलो चिनियाँ बेलुनलाई खसालेको छ ।अमेरिकी रक्षा मन्त्रालयले लडाकु विमान प्रयोग गरी समुद्री क्षेत्रमा बेलुन खसालेको जनाएको छ । राष्ट्रपति जो बाइडेनले बेलुन खसाल्न अनुमति दिनुभएको थियो । साउथ क्यारोलिनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाल्ने पाइलटहरूलाई राष्ट्रपति बाइडेनले बधाई दिनुभएको छ ।

यसअघि चीनले मौसम अवलोकनका लागि छाडिएको बेलुन बाटो बिराएर पुगेको जनाएको थियो । अमेरिकाले बेलुन खसालेकोमा चीनले असन्तुष्टि जनाएको बीबीसीले जनाएको छ । अमेरिकी हवाई क्षेत्रमा बेलुन देखिएपछि अस्ति शुक्रवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको भ्रमण स्थगित गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू